पोखरा २२ को वडाध्यक्षका लागि ८ जना प्रतिस्पर्धामा


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२२ को वडाध्यक्षका लागि ७ पार्टी र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षका लागि एमालेका प्रकाशचन्द्र गुरुङ, कांग्रेसका होमप्रसाद बराल, माओवादी केन्द्रका नवराज बराल, जसपाकी सरिता क्षेत्री, नेकपा एसकी तुलसीप्रसाद बराल, राप्रपाका सविन बराल, जनमोर्चाका प्रकाश बराल र स्वतन्त्रतर्फ हिमलाल बरालले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यका लागि एमालेका लिलाधर पौडेल र सञ्जीव गुरुङ, कांग्रेसका चेतभक्त बराल र होमबहादुर गुरुङ, माओवादी केन्द्रका हेमराज बराल र प्रेमकाजी गुरुङ, नेकपा एसका दीनेश बराल, राप्रपाका भीमनाथ बराल, जनमोर्चाका लोकराज बराल र नमराज बरालले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी कृष्णकुमारी पौडेल, कांग्रेसकी लक्ष्मीदेवी पौडेल बराल, माओवादी केन्द्रकी दुर्गा बराल र नेकपा एसकी शान्ती सापकोटा बरालले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी सीता विक कामी, कांग्रेसकी चन्द्रकुमारी कामी, माओवादी केन्द्रकी कल्पना रसाइली र राप्रपाकी टुकुमाया विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।