पोखरा २३ को वडाध्यक्षमा ५ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२३ को वडाध्यक्षमा ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा एमालेका शिवलाल पराजुली, कांग्रेसका रामकाजी गुरुङ, माओवादी केन्द्रका हरिप्रसाद भण्डारी, राप्रपाका मीनप्रसाद लामिछाने र स्वतन्त्रतर्फ शुकबहादुर खत्री क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यमा एमालेका फवेन्द्रकुमार गुरुङ र चेतबहादुर क्षेत्री, कांग्रेसका गोपालप्रसाद पराजुली र धनबहादुर गुरुङ, माओवादी केन्द्रकमा जीवनकुमार सुनार र घनश्याम पराजुली, नेकपा एसका नारायणप्रसाद पराजुली, राप्रपाका नरबहादुर पराजुली र शालिग्राम पराजुलीले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी शान्ती शर्मा, कांग्रेसकी ईन्दिरा लामिछाने, माओवादी केन्द्रकी विमला पौडेल र राप्रपाकी सेती देवकोटाले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी रिता सुनार, कांग्रेसकी उर्मिला विश्वकर्मा, माओवादी केन्द्रकी देवकी सुनार र राप्रपाकी सीता सुनारले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।