पोखरा २५ मा २ स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२५ मा ४ पार्टी र २ स्वतन्त्र गरेर ६ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा एमालेका तीर्थबहादुर थापा, कांग्रेसका मोतीलाल तिम्सिना, राप्रपाका कृष्णप्रसाद सुबेदी, जनमोर्चाका गंगाबहादुर थापा तथा स्वतन्त्रतर्फ उम्मेदवार सोमनाथ अधिकार र मिलनप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यमा एमालेका कृष्णबहादुर कुँवर र सुवास भण्डारी, माओवादी केन्द्रका सुरेशबहादुर सापकोटा, नेकपा एसका दीपेन्द्र बास्तोला, राप्रपाका कृष्णमान श्रेष्ठ र बुद्धिमान सुनार, जनमोर्चाका लोकेन्द्रबहादुर कुँवर र तुलदेवी रोका तथा स्वतन्त्रतर्फ नवीन त्रिपाठी र नवीन थापाले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेका धनकुमारी पोख्रेल, माओवादी केन्द्रकी आरती अधिकारी सापकोटा, राप्रपाकी सीता घर्ती क्षेत्री र जनमोर्चाकी कलमाया घर्तीले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यमा एमालेकी तारा विश्वकर्मा, माओवादी केन्द्रकी सीता नेपाली, राप्रपाकी माया विश्वकर्मा र जनमोर्चाकी रीतादेवी घर्तीमिरे विकले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।