पोखरा २८ को वडाध्यक्षका लागि ६ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२८ को वडाध्यक्षका लागि ४ पार्टी र २ स्वतन्त्र गरी ६ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा एमालेका बैनबहादुर गुरुङ, कांग्रेसका श्रीकृष्ण लामिछाने, माओवादी केन्द्रका श्यामबहादुर केसी, राप्रपाका कृष्णकुमार जैसी तिवारी तथा स्वतन्त्रतर्फ प्रदीप अधिकारी र नारायणप्रसाद त्रिपाठीले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यका लागि एमालेका बीरेन्द्र भण्डारी र प्रकाश दवाडी, कांग्रेसका सूर्यप्रसाद भण्डारी र कमल थापा, माओवादी केन्द्रका पुष्पराज त्रिपाठी र यज्ञप्रसाद तिवारी, नेकपा एसका अमृत सागर तिवारी र नारायण बजगाई तथा राप्रपाका केशवराज बास्तोला र त्रिलोचन कँडेलले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी राधिका पौडेल, कांग्रेसकी डाल्डादेवी भुजेल, माओवादी केन्द्रकी गंगादेवी ओझा र नेकपा एसकी मायादेवी कँडेलले उम्मेदवारी दिएका छन् ।

एक दलित महिला सदस्यका लागि एमालेकी सरु विश्वकर्मा, कांग्रेसकी ईन्द्रकला कामी र माओवादीकी सुकुमाया नेपालीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।