कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३० को वडाध्यक्षका लागि ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षका लागि एमालेका सोमनाथ बास्तोला, कांग्रेसका दुर्गाप्रसाद सुवेदी, माओवादी केन्द्रका बासुदेव लामिछाने, राप्रपाका पृथ्वीनारायण कुँवर र स्वतन्त्रतर्फ सुजन कमरले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका नवराज भट्टराई र प्रेमराज बसौला, कांग्रेसका मंगलकाजी मानन्धर र विनोदप्रसाद लामिछाने, माओवादी केन्द्रका भविन्द्र पुन र दयाराम तिवारी, नेकपा एसका राजकुमार श्रेष्ठ तथा राप्रपाका डिल्लीराम बास्तोला र कुलबहादुर नेपालीले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी भीमकुमारी पुन गर्वुजा, कांग्रेसकी उर्मिला पुन, माओवादी केन्द्रकी सञ्जु पुन (अर्याल) र राप्रपाकी सम्झना खड्काले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी उमा परियार, कांग्रेसकी गोमा परियार, माओवादी केन्द्रकी लक्ष्मी परियार र राप्रपाकी धना नेपालीले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







