कास्की । पोखरा महानगरपालिका वडा नम्बर–३१ को वडाध्यक्षका लागि ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् ।
वडाध्यक्षमा एमालेका चिरञ्जिवी बञ्जरा, कांग्रेसका ढकनाथ कँडेल, मनेकपा एसका दीनानाथ ढकाल, राप्रपाका रामप्रसाद गुरुङ र स्वतन्त्रतर्फ कृष्णप्रसाद तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका देवेन्द्रराज अधिकारी र विनोदमणी लामिछाने, कांग्रेसका नोचबहादुर गुरुङ र भरतराज तिवारी, माओवादी केन्द्रका भरतराज ढकाल र गणेशबहादुर विश्वकर्मा, नेकपा एसका शोमामोहन सुवेदी र कृष्णप्रसाद लामिछाने तथा राप्रपाका भोजराज लामिछाने र कमलराज तिवारीले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी धनदेवी तिवारी, कांग्रेसकी रिता गौतम, माओवादी केन्द्रकी मैना थापा, नेकपा एसकी ईश्वरी थापा क्षेत्री र राप्रपा ईन्दिरा अधिकारीले उम्मेदवारी दिएका छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी तारा नेपाली, कांग्रेसकी बिना सार्की, माओवादी केन्द्रकी बिन्दु परियार, नेकपा एसकी गौमाया विक र राप्रपाकी दीपा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







