कास्की अन्नपूर्ण–७ को वडाध्यक्षमा ३ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमध्ये नेकपा एमालेका भरतमान गुरुङ, नेपाली काँग्रेसका कमल गुरुङ र नेकपा –एकीकृत, समाजवादी) का तिलबहादुर थापामगरले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, सो वडाका खुल्ला सदस्यका लागि ४, महिला सदस्यका लागि २ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

खुल्ला सदस्यका लागि नेकपा एमालेका पूर्णबहादुर थापामगर र राम गुरुङ, नेपाली काँग्रेसका गौप्रसाद गुरुङ र होमबहादुर थापामगरले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि, महिला सदस्यका लागि नेकपा एमालेकी छत्रकुमारी गुरुङ र नेपाली काँग्रेसकी ढाटी गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, दलित महिला सदस्यका लागि नेकपा एमालेकी लालकुमारी कामी, नेपाली काँग्रेसकी लक्ष्मी थापा बि.क. र नेकपा (एकीकृत, समाजवादी) की नम्रता बि.क. रसाइलीलेले उम्मेदवारी दर्ता गराएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।