कास्कीको अन्नपूर्ण गाउँपालिका–१० को वडाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये नेकपा एमालेका कुमारप्रसाद गुरुङ, नेपाली काँग्रेसका गौतम गुरुङ, नेकपा माओवादी (केन्द्र) का विद्या वि.क. र मंगोल नेशनल अर्गानाइजेसनका जितबहादुर रानाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, खुल्ला सदस्यका लागि ९, महिला सदस्यका लागि २ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेका अर्जुनबहादुर विश्वकर्मा र क्षेत्रबहादुर गुरुङ, नेपाली काँग्रेसका डम्बरबहादुर घर्ती र खिमबहादुर नेपाली, नेकपा माओवादी (केन्द्र) का सुकबहादुर नेपाली र भीमबहादुर सार्की, नेकपा (एकीकृत, समाजवादी) सन्तमाया बि.क. र मनबहादुर कामी तथा मंगोल नेशनल अर्गानाइजेसन नेपालका लालबहादुर बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, महिला सदस्यका लागि नेकपा एमालेकी दीपा क्षत्री र नेपाली काँग्रेसकी मनिषा बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, दलित महिला सदस्यका लागि नेकपा एमालेकी संगीता नेपाली, नेपाली काँग्रेसकी रितुमाया नेपाली र नेकपा माओवादी (केन्द्र) चिजकुमारी दमैले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







