कास्की माछापुच्छ्रेको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष पदका लागि नेकपा एमालेका विकास गुरुङ, नेपाली काँग्रेसका मिनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, नेपाल मंगोल अर्गानाइजेसन नेपालका डमराज मगर र स्वतन्त्रबाट पानबहादुर जिसीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, उपाध्यक्ष पदका लागि नेकपा एमालेकी सीता तिवारी, नेपाली काँग्रेसकी सीता अधिकारी, नेकपा माओवादी (केन्द्र) की प्रविणा अधिकारी, जनता समाजवादी पार्टी नेपालका जगतबहादुर गुरुङ, नेकपा (एकीकृत, समाजवादी) का आसिम गुरुङ र राप्रपाकी राधा थापामगरले उम्मेदवारी दर्ता गराएका हुन्।

।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।