कास्की माछापुच्छ्रे –१ को वडाध्यक्षमा ४ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ को वडाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जसमध्ये नेकपा एमालेका आनुप गुरुङ, नेपाली काँग्रेसका इन्द्र गुरुङ, नेकपा माओवादी (केन्द्र) का जितबहादुर पुन र मंगोल नेशनल अर्गानाइजेसन नेपालका थमनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै, खुल्ला सदस्यका लागि ६ र दलित महिला सदस्यका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। महिला सदस्यका लागि निर्विरोध निर्वाचित भइसकेको छ।

खुल्ला सदस्यका लागि नेकपा एमालेका भरत अधिकारी र देवबहादुर मगर, नेपाली काँग्रेसका सुनिल गुरुङ र देवबहादुर मगर, नेकपा माओवादी (केन्द्र) का पूर्णबहादुर पुन र पुर्खबहादुर पुनले उम्मेदवारी दर्ता गराएका हुन्।

दलित महिला सदस्यमा नेकपा एमालेकी शुशिला सुनार र नेपाली काँग्रेसकी श्याममाया सुनारले उम्मेदवारी दर्ता गराएका हुन्।

महिला सदस्यका लागि भने नेकपा माओवादी (केन्द्र) की सरमाया पाइजा पुनको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भइसकेकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।