काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता गर्न चाहे आज साँझ पाँच बजेसम्मको समय तोकेका छ ।
फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो ।
देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो ।
आज शुक्रबार उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
शुक्रबार प्रकाशित भएको नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । शनिबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







