पोखरा लेडि जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२२ भव्यताका साथ सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित




कास्की । बैशाख ९ गते देखि सुरु गरिएको जेसिज सप्ताह २०२२ भव्यताका साथ सम्पन्न भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा गरिएको सप्ताह अन्र्गत एक हप्ताभरी विभिन्न सामाजिक कार्यक्रम गरि १५ गते सम्पन्न भएको हो ।

९ गते सप्ताहको औपचारिक सुरुवात गरिएको थियो भने १० गते बृहत निशुल्क स्वास्थ्य शिविर,११ गते देखि १४ गतेसम्म महिलाहरुलाई लक्षित गरि ४ दिने सिपमुलक तालिम आयोजना गरिएको थियो भने १५ गते अशक्त तथा असाय ब्यक्तिहरुलाई आवश्यक सामाग्री तथा खाद्यान्न वितरण गरिएको थियो ।

नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर लालमणि भन्डारीको प्रमुख आतिथ्यता तथा बर्ष २०२२ का अध्यक्ष जेसि लक्ष्मी अधिकारीको अध्यक्षतामामा पोखरा लेडी जेसिजको बार्षिक क्यालेन्डर बिमोचन गरिएको छ । उक्त कार्यक्रममा पोखरा लेडि जेसिजका पुर्ब अध्यक्षहरु जेसि सपना गिरी , सन्तु पौडेल ,लक्ष्मी गुरुङ , जेसिआई सिनेटर प्रमिला सुवेदी ,जेसिआई सिनेटर वसन्त के.शी. , सीता पान्डे , जेसि गिता सिग्देल ज्यु,सुनयना पालिखे लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मातृशाखा शाखा पोखरा जेसिजका अध्यक्ष जेसि मिनराज खड्का, पोखरा जेसिजका निबर्तवान अध्यक्ष जेसिआई सिनेटर ई। किरण के।शी । ,पोखरा जेसिजका पुर्ब अध्यक्षहरु शाखा अध्यक्षहरु,कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल ,लायन्स क्लब अफ ईन्टरनेसनल डिपार्टमेन्ट चिफ डिष्ट्रिक ३२५ बि १ का कृष्ण आचार्य, क्लब अफ ३२५ बि १ नेपाल का रिजन १० का रिजन चियर पर्सन लायन् अमृत बराल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम मुल संयोजक तथा पोखरा लेडि जेसिजका कार्यकारी ,उपाध्यक्ष जेसी सरास्वती थापा क्षेत्री सरुले सात दिनको कार्यक्रमको बारेमा प्रकाश तथा सम्पूर्ण उपस्थिति हरुलाई धन्यवाद ब्यक्त गरेकी थिईन् ।

जेसिज आस्थापाठ जेसी अनिता थापाले गरेका थिए भने संयोजक जेसी सकुन पौडेल ले स्वागत मन्तब्य राखेका थिए । जेसिज सप्ताह २०२२ को मुख्य प्रायोजक सफला ७ स्मृति कलेक्सन, सह(प्रायोजक कुँवर ब्रदर्श एन्ड सन्स,मोटु( पत्लु बेबी कलेक्सन , एस।सुवेदी फर्निचर सप्लायर्स,तारा(सुमन सप्लायर्स हरु रहेका थियो ।

समापन कार्यक्रममा पोखरा लेडी जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थिया। उक्त कार्यक्रम को संचालन पोखरा लेडि जेसिज का सचिब प्रमिला सुवेदीले थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।