नेकपा एमालेले पोखरामा निःशुल्क र व्यबस्थित पार्किङ गर्ने घोषणा गरेको छ । एमालेका तर्फबाट मेयरमा उम्मेदवार बनेका कृष्णबहादुर थापाले शनिबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पोखराका सडकमा गरिएका पार्किङलाई ब्यबस्थित र निःशुल्क गर्ने बताए । तर व्यवस्थित कसरी गर्ने भन्ने विषयमा प्रतिबद्धता पत्र मौन छ ।
यसअघि अघिल्लो निर्वाचनमा हालका मेयर मानबहादुर जिसीलेपनि आफू मेयरमा निर्वाचित भएको ३ महिना भित्रमा सडकबाट पार्किङ हटाउने घोषणा गरेका थिए । तर उनले आफ्नो कार्यकाल ५ वर्ष बित्दापनि सडकको पार्किङ हटाउने पहलसमेत गरेनन् । सडकको पार्किङ शुल्क उठाउन उनले पुरानै सम्झौतालाई निरन्तरता दिए । हुँदाहुँदा अहिले त घण्टे पार्किङ शुल्कसमेत उठाउन थालिएको छ ।
प्रतिबद्धता पत्रमा पोखरा विकास प्राधिकरण मार्फत नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कृषिजन्य उत्पादनको विक्री वितरणको लागि हाटबजार को व्यस्था गरिने समेत जनाएको छ। हाटबजार पोखरामा भने लाग्ने गरेको छैन्। तर प्रमुखका प्रत्यासी थापाले महानगरभित्रको ग्रामीण बस्तीहरुमा स्थानीय उत्पादन विक्रीका लागि दैनिक एवं साप्ताहिक हाटबजारको व्यवस्था गरिने उल्लेख गर ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







