पोखरा १८, वैशााख
५ दलिय गठबन्धन पोखरा २२ निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । पोखरा २२ स्थित आलेश्वाँरा (तिहार) मा उक्त सम्पर्क कार्यालय एक समारोहका बिच आइतबार उद्घाटन गरिएको हो ।
नेपाली काग्रेंसका नेता राज बहादुर गुरुङले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए । उनले पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बराललाई भूई कटरमा पुम्दी भुम्दी बासीले आफ्नो अमुल्य भोट दिलाउदै अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे ।
नेपाली कागें्रस पोखरा २२ का सभापति होमप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का अध्यक्ष जगन्नाथ बाँस्तोला लगायतले अहिलेको अबस्थामा गठबन्धको एकता आवश्यक भएकोमा जोड दिए । कागें्रस तथा माओबादीले पोखरा २२ मा अध्यक्षको उमेदवारको नाम फिर्ता गर्दै साझा उमेदवार हिमलाललाई समर्थन गर्दै अघि बढेका छन् ।
पोखरा २२ का अध्यक्षका प्रत्यासी हिमलाल बरालले हाल आफु स्वतन्त्र उमेदवार सवैको साझा उमेदवार भएकोले पोखरा २२ का जनताको अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गरे । समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो । पोखरा २२ को अन्य सदस्यहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन् । समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हथौडा रहेको छ । उक्त कार्यालय उद्घाटन पश्चात उमेदवाहरु घर दैलो कार्यक्रममा व्यस्त भएको निर्वाचन परिचालन कमिटिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







