पोखरा-१९ मा गठबन्धनको घरदैलो तिव्र


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित




पोखरा, १८ बैशाख

सत्तारुढ दलहरुको गठबन्धनले पोखरा १९ मा घरदैलो अभियान तिव्र बनाएको छ। पोखरा महानगरपालिकाको उत्तरी क्षेत्रमा रहेको पोखरा १९ मा गठबन्धनको तर्फवाट वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डे सहितको टोलीले घार्मी , लामाचौर लगायतका क्षेत्रमा घरदैलो गरेको हो । घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुले स्थानियको गुनासोसमेत सुनेका छन् । जनताबीच पुगेका वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डेले पोखरा १९ मा जनमुखी कार्य गर्न र जनतालाई स्थानीय सरकारको अनुभुति दिन आफुहरुको जितवाट मात्रै सम्भव हुने बताए ।
नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको गठबन्धन रहेको वडा नं १९ मा नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र एवं नेकपा एकिकृत समाजवादीका प्रदेशिक एवं जिल्ला स्तरका विभिन्न नेता कार्यकर्ता दैनिक जसो मतदाताको घरमा पुगि विकास र समृद्धिको पक्षमा मत मागिरहेका छन् ।
पोखरा १९ मा गठवन्धनमा नेपाली कांग्रेसका तर्फवाट वडाध्यक्ष पुष्पेन्द्र पाण्डे , खुल्ला सदस्य दिपक वास्तोला , महिला सदस्य देवु आचार्य भट्टराई , नेकपा एसबाट दलित महिला सदस्य विजुला परियार र माओवादी केन्द्रवाट खुल्ला सदस्य सविन जिसी मैदानमा उत्रिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।