“मलाई भाषण दिन आउदैन्,काम गरेर देखाउने मान्छे हुँ”: उपमेयर उम्मेद्धार परियार


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर, कास्की । स्थानिय तहको निर्वाचन आउन अव १३ दिन मात्रै बाँकी रहेको छ । कास्कीमा दलहरुले चुनावी प्रचारप्रसार कार्यक्रम तिव्र बनाएका छन् । गाँउदेखि शहर, सडकदेखि किसानहरुले काम गर्दै गरेको खेतका गरा र बेँसीका आलीहरुमा विभिन्न पाटीका रंगिविरंगि झण्डाहरु देखिएका छन् ।

कास्कीमा विशेषगरि केहि समय पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका लागि चर्चा भयो । सचेत नेपाली पार्टीबाट सोहि उपमेयर पदमा उम्मेद्धार उठाएको नाम हो सोनी परियार । राज्यबाट पछाडी पारिएको वर्ग दलित समुदायको हकहितका लागि सोहि समुदायबाट नै प्रतिनिधित्व हुनु पर्ने भएकोले आफुले उम्मेद्धारी दिएको उनी बताउछिन् ।

“राज्यले दलित,महिला,जनजाति लगाएत पछाडी परेको र पारिएको समुदायका लागि कानुन निर्माण भएका छन् तर, व्यवहारिक रुपमा लागु भएको छैन्,” उनले भनिन् “ब्यवहारिक रुपमा लागु नहुनु भनेको नै नेतृत्वमा हाम्रो समुदायको व्यक्ति नभएकोले हो । यसका लागि अव हामीले पनि राजनैतिक नेतृत्वमा आउन आँट गर्नुपर्छ ।”

अहिलेको चुनावी रौनाकमा निकै जोस र उत्साहका साथ उनि चुनावी प्रचारका लागि टोलटोलमा जनताको घरदैलोमा दैनिकी विताईरहेकी छिन् ।  विहान र बेलुका पार्टीभित्र आन्तरिक छलफल,दिउँसोको कार्यक्रमको लागि रुपरेखा बनाउदेखि घरधन्दामा ब्यस्त हुने र दिउँसो कार्यकर्ताको एक हुलसंगै जनताको घरदैलोमा जान्छिन् उनी ।

उम्मेद्धारीले मत पाउन बोलेर मतदाता लोभ्याउने भन्दा पनि म काम गरेर देखाउने ब्यक्तिमा आफु परेको बताईन् । “मलाई भाषण दिएर जनता लोभ्याउन आउदैन ,म काम गर्ने मान्छे हुँ,” उनले भनिन् ,“जिते भने मेरो कामबाट नै जनताले मलाई बुझ्नेछन् ।”

आफुले उपमेयरमा जितेमा सबैभन्दा पहिले माहिला मुद्धा,व्यवहारिक शिक्षा पद्धतिका लागि प्रयास,महानगर भित्र फोहोर व्यवस्थापन,सडक स्तर उन्नति, सरकारी निकायमा भ्रष्टाचार नियन्त्रण,युवा लक्षित कार्यक्रम र विभेदरहित समाज निर्माणको लागि लागिपर्ने उनको योजना छ । समाज परिवर्तन गर्न राजनैतिक माध्यमबाट नै सम्भव हुने भएकोले सवैभन्दा त्यो निकायमा पुग्नुपर्ने बताए ।

“हामीले समाज र राज्यका हरेक तहमा अधिकारको लागि लडाँई लड्नुपर्छ मागेर त कहिले पाईदैन्, उनले थपिन् , “यससंगै कर्तव्य पालना गर्नको लागि मौका खोजिनुपर्छ जसको उत्तम माध्यम राजनैतिक हो ।”

शनिवार निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्ह सिँह लिएर उनको पाटी कास्कीमा एक्लै एउटै पद उपमेयरका लागि कसरत गरिरहेको छ । अहिले सचेत नेपाली पार्टीकी केन्द्रिय सदस्य रहेकी उनी एक दशक लामो विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कामहरु गर्दै आएकी छिन् । उनी दलित आत्मरक्षा अभियान,वमन स्केल डेप्लोपमेन्ट महिला विकास अर्गनाईजेशन लगाएतका संगठनमा आवद्ध छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।