मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




पोखरा । मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । 

सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताए । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उनले बताए । 

माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताए । 
गठबन्धनका साझा उम्मेद्वारहर अहिले घरदैलो कार्यक्रममा गाउँ गाउँ पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।