पोखरा महानगर–१ मा नेपाली काँग्रेसका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा घरदैलोमा पुगेका छन्।
काँग्रेसका तर्फबाट पोखरा १ को वडाध्यक्षमा सीता गुरुङसँगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन्।
उनीहरुले घरदैलोसँग स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी सुझावसमेत संकलन गरेका छन्।
घरदैलोमा मत माग्नुका साथै उम्मेदवारहरुले वडामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका थिए। आफ्नौ घरदैलोमा आईपुगेका उम्मेदवारहरुलाई स्थानीयले फूल माला र खादा लगाएर जितको सुभकामना दिएका थिए।
मतदाताले जीतका लागि आशीर्वाद र शुभकामना दिइरहँदा उम्मेदवारहरुले पनि मतदाताको गुनासो, समस्या सुनेर समाधानमा सक्दो गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष उम्मेदवार सीता गुरुङले पोखरामा काग्रेसले जीतको लागि वडा नम्वर १ बाट खाता खोल्ने दाबी गरिन्। घरदैलेमा पुग्दा मतदाताबाट जुन स्वागत, सत्कार, आत्मीयता र माया पाइयो यो नै जितको आधार रहेको उनको भनाई छ।
हाल मुख्य रुपमा वडामा रहेका अधुरा कामहरु पूरा गर्न, विभिन्न वस्तीहरुमा भएको सेती कटान रोक्नका लागि आवश्यक ततबन्ध, खानेपानी, जौवारीदेखि सिम्पानीसम्मको सेतीको मापदण्ड, जेष्ठ नागरिक र बालमैत्री विश्राम स्थल निर्माण लगायतका विभिन्न काम गर्न सुझाव आएको उम्मेदवार गुरुङको भनाई छ।
वडालाई पोखराको विकास, सुशासन र अन्य कामले महानगरकै १ नम्बरको वडा बनाउने बताइन्।
‘हाम्रो काम भनेको स्थानीय जनताकै सेवामा खटिने हो। वडाले प्रदान गर्ने सेवा सहज बनाउने हो। जसमा हाम्रो टिमले काम गर्छ,’ उनले प्रतिबद्धता व्यक्त गरिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







