गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन्।
उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन्।
पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधासहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन्। विद्यालय स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि संचालन गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन्।
निर्वाचित भएको ३ महिनाभित्र पोखरा महानगरपालिकामा घुम्ती अस्पताल र ‘सुन्दर पोखरा स्वस्थ पोखरेली’ कार्यक्रम संचालन गर्ने गठबन्धनका उमेदवारहरुको प्रतिवद्धता छ। यस्तै, सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि ६ महिनासम्म २ हजारका दरले सुत्केरी पोषण भत्ता प्रदान गर्ने उमेदवारहरुले संकल्प गरेका छन्।
पोखरा महानगरपालिकाको आधारभुत स्वास्थ्य सेवालाई निशुल्क र सर्वसुलभ बनाउदै ३३ वटै वडामा दक्ष जनशक्तिसहितको स्वास्थ्य केन्द्रको व्यवस्थापन गर्ने गठबन्धनका उम्मेद्वारहरुको प्रतिवद्धता छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







