वृद्धभत्ता वडाबाटै वितरणको व्यबस्था मिलाउन स्थानियको माग


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित




पोखरा २१, वैशाख

पोखरा २२ (पुम्दी भुम्दी) बासीले बृद्ध भत्ता वडाबाटै वितरणको व्यबस्था हुनुपर्ने माग गरेका छन्। पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्व टोली समक्ष स्थानियले बृद्ध भत्ता बैंकबाट वितरण हुदा घण्टौं लाइनमा बस्नु पर्ने र छोरेपाटनसम्म जना समेत झन्झट भएकोले वडाबाटै बृद्ध भत्ता वितरणको व्यबस्था मिलाउन माग गरेका हुन्।

गठबन्धनका साझा उमेदवार समेत रहेका अध्यक्षका प्रत्यासी बराल नेतृत्वको चुनावी प्रचार प्रसार अभियानमा स्थानियले डहरा, कोदी लगायतको क्षेत्रमा खानेपानीको समस्या राखेको माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बरालले बताए । उक्त चुनाव प्रचार अभियान अन्र्तगत टोली बुधबार अनदु, सिम्ले पात्ले, कालिमाटी, डहरा, कोदी लगायतको क्षेत्रमा घर दैलो कार्यक्रम आयोजना भएको काग्रेंस नेता प्रकाश बरालले बताए । स्वतन्त्र उमेदवारको रुपमा हाल गठबन्धनको साझा उमेदवार भएका हिमलाल बरालले आफुलाई भूई कटर चिन्हःमा मतदान गर्न स्थानिय समक्ष आग्रह गर्दै जनताको इच्छा अनुसार तथा वडाले भ्याएसम्मका काम काज सहज र सरीकरण गर्ने आफ्नो योजना रहेको बताए ।

पोखरा २२ को अन्य सदस्यका प्रत्यासीमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ । मुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।