पोखरा, २१ वैशाख ।
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।
बुधबार मादी ५ ठूलास्वाँरामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको अहिलेभन्दा राम्रो सम्भावना भएको बताए । मादी–५ बयरघारीमा कृतिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर–स्पोर्ट, डेजर्ट बाइकजस्ता एड्भेन्चर योजना आफूसँग रहेको महेन्द्रले सुनाए । यी गतिविधिले होटल–रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशिने बाध्यता नहुने उनले बताए ।
चुनाव जितेमा मादी नदीमा ¥याफ्टिङ सञ्चालन गरेर पर्यटकलाई आकर्षित बनाउने उनको प्रतिवद्धता छ । ‘ठूलास्वाँराजस्ता भर्खर होमस्टे सञ्चालन गर्दै गरेको ठाउँ थुप्रै छन् । होमस्टे राम्रो बनाउन तालिम आवश्यक छ । त्यसको लागि तालिम सञ्चालन गर्ने छु ।’ उनले भने, ‘मादीका सुन्दर गाउँलाई होमस्टेको रुपमा विकास गर्नेछु ।’ गाउँका पर्यटकीय सम्भावनालाई उजागर गरेर गरिबी न्यूनिकरण गर्न सकिने उनको भनाई छ ।
उपाध्यक्ष उमेद्वार कल्पना गुरुङले १ कार्यकाल गाउँ कार्यपालिका सदस्य हुँदा उत्पीडित समुदायको समस्या देखेको र चुना जितेमा त्यसलाई समाधान गर्न आफू लाग्ने बताइन् । ‘भन्नलाई नारीले आधा आकाश ढाकेका छन् भन्छौं, तर हामी पिछ्डिएकै छौं । त्यसैले सम्पूर्ण नारीको प्रतिनिधित्व गरेर आएकी छु ।’ उनले भनिन्, ‘महिलाको क्षमता अभिवृद्धि र अर्थोपार्जनसँग जोड्न प्रयत्न गर्ने प्रतिवद्धता गर्दछु ।’ चुनाव जिते शासक नभई, सेवक भएर काम गर्ने उनले बताइन् ।
मादीमा नेकपा (एमाले) बाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) संगै उपप्रमुखमा कल्पना गुरुङ, मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट वडाध्यक्षका उमेद्वार छन् ।
एमालेले मादी ४ र ५ नम्बर वडाका गाउँ ठुलस्वाँरा, वयारघारी, थाम, लंकाछर, मादी बेसीमा बुधबार घरदैलो र चुनावी सभा गरेको छ । चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी ६ जना युवा एमाले प्रवेश गरेका छन् । लंकाछरका तुल जंग गुरुङ, एकबहादुर गुरुङ, सन्तोष गुरुङ, बेलबहादुर गुरुङ, रूमबहादुर गुरुङ र पिटर गुरुङ एमाले प्रवेश गरेका हुन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित एमालेका नेता–कार्यकर्ता बिहिबार मादी १ का गाउँ सिक्लेस, खिलाङ र पार्चेका मतदातामाझ जाने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





