एमाले पोखरा १५ को महिला भेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं १५ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै महिला भेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

मतदान प्रक्रियाबारे मतदातामा कायम अन्योल अन्त्य गर्न र यसबारे महिलालाई शिक्षा दिँदा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र टोलमा पर्ने भन्दै भेला तथा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो । मतदाता शिक्षा दिँदै कार्यक्रमका अतिथि बुद्धिजीवि परिषद् वडा नं १५ का संयोजक तथा चुनाव प्रचारप्रसार समितिका सल्लाहकार शिवबहादुर भण्डारीले नेपालमा आधा भन्दा बढी जनसंख्या महिलाको रहेको भन्दै सिक्नलाई डर र लाज मान्न नहुने बताएका छन् ।

उनले आफ्ना उमेद्वारले प्रस्तुत गरेको प्रतिवद्वता पत्रबारे प्रकाश पार्दै एमाले सरकारमा रहँदा भएका उपलब्धिबारे चर्चा गरे ।
भण्डारीले कार्यक्रममा उपस्थित महिलालाई मतदान गर्न जाँदा मतदाताले मतदान केन्द्रमा लैजान पर्ने आवश्यक परिचयपत्र, मतदान गर्ने प्रक्रिया, स्वस्तिक छाप लगाउँदा ध्यान दिनुपर्ने कुरा र छाप लगाइसकेपछि मतपत्र पट्याउने विधिबारे प्रशिक्षण दिएका छन् ।

५ दलको गठबन्धनलाई जित्न आफूहरुको एउटा पनि मत बदर हुन नहुनेमा उनको जोड थियो । साथै निर्वाचन आचारसंहिताबारे जानकारी दिँदै मतदान केन्द्रमा लैजान हुने र नहुने कुराबारे महिलालाई सचेत गराए । कार्यक्रममा वडा नं –१५ का पाँचै उमेद्वारले आ–आफ्नो परिचय दिएका थिएका थिए । परिचय दिँदै अध्यक्षका उमेद्वार तोरण बानियाँले चुनाव जित्ने आधार महिला र युवा शक्ति रहेको भन्दै मतदाता शिक्षाबारे जानकार हुन आवश्यक रहेको बताएका छन् ।

यस्तै, आफ्नो भनाई राख्दै प्रमुख अतिथि वडा नं १५ का वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेलले आजको भेला पश्चात् वडाका सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउने संकल्पका साथ अघि बढेको प्रतिक्रिया दिए । उनले निर्वाचनलाई लक्षित गर्दै धेरै कार्यक्रम गरिसकेको बताउँदै ती कार्यक्रममा जनताको उपस्थिति र समग्र निर्वाचनको माहौलले वडा नं १५ मा एमालेका उमेद्वार विजयी भइसकेको संकेत गरेको दावी गरे ।

हिजो वडावासीले नेकपा एमालेलाई जिताएपछि प्रतिवद्वता अनुरुप आफ्नो वडामा विकास निर्माणका थुप्रै काम सम्पन्न गरेको भन्दै आज टोल बस्तीमा जाँदा यिनीहरु नेकपा एमालेका हुन् र यिनीहरुले राम्रो काम गर्छन्, जनताको समस्या र गुनासो समाधान गर्न सक्छन् भनेर आज पनि वडावासी जनताको उतिकै माया र विश्वास पाएको उल्लेख गरेका छन् ।
कार्यक्रमको अन्त्यमा उपस्थित १ सय २५ जना महिलाबाट नमुना मतदान गरिएको थियो ।

नारायणी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटी सचिवालय समिति सदस्य माधव गौतम, महिला परिचालन कमिटी संयोजक विष्णु पहारी, श्रमिक मजदुर संगठन परिचालन कमिटीका संयोजक विष्णु गिरी, खाना व्यवस्थापन समिति संयोजक किरण गुरुङ लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन तथा संयोजन न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।