जनगुनासो नआउने गरी जनतामुखि काम गर्छु : पोखरा २२ का अध्यक्षका प्रत्यासी बराल


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा २२ का साझा उमेदवार वडा अध्यक्षका प्रत्यासी हिमलाल बरालले जन गुनासो नआउने गरी जनता मुखी सेवा गर्न आफु तयार रहेको बताए । विहिबार चुनावी प्रचार प्रसार अभियानमा स्थानियको गुनासो सुन्दै अध्यक्षका प्रत्यासी बरालले आफुलाई स्थानियले जिताएको खण्डमा जनता मुखि निःस्वार्थ भावले काम गर्ने प्रतिवद्धत्ता व्यक्त गरेका हुन् ।

विहिबार घैयाखेत, तल्लो कोदी, डहरा, कालीमाटी, अर्चलवोट लगायतको स्थानमा पुगेका अध्यक्ष बराल नेतृत्वको गठबन्धनको टोलीलाई स्थानिय आमा समुह तथा क्लवहरुले समेत स्वागत गरेको कांग्रेस नेता प्रकाश बरालले बताए ।स्थानियले विकासमा पुम्दी भुम्दी अझै पछि परेकोले पूर्वाधार विकासमा पहुच पुराउन टोली समक्ष माग समेत गरेका थिए ।

पोखरा २२ को अन्य सदस्यका प्रत्यासीमा कांग्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ ।

समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, कांग्रेस नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।