प्रतिकात्मक तस्बीर
तनहुँको व्यास नगरपालिका–१ माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको हिँजो (बिहीबार) उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो।
टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका विरुद्ध सवारी ज्यान मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







