वडालाई प्रविधिमैत्री बनाउने पोखरा २३ का एमाले उमद्वार पराजुलीको घोषणा


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित




पोखरा । वडालाई प्रविधिमैत्री बनाउन वडाध्यक्षमा आफ्नो उमेद्वारी रहेको पोखरा २३ का एमाले त्रउमेद्वार शिवलाल पराजुलीले बताएका छन् ।

पोखरा २३ मा एमालेको चुनाव केन्द्रित घरदैलो कार्यक्रममा उनले वडालाई प्रविधिमैत्री बनाउनका साथै घोषणापत्रमा उल्लेख गरेका बुँदा अक्षरंश पूरा गर्ने प्रतिवद्वता जनाए ।

उनले कृषिको आधुनिकीकरण गरी उत्पादमुलक कृषि प्रणालीलाई जोड दिने, वडामा दीर्घकालिन र अल्पकालिन योजना बनाएर काम गर्ने लगायतका योजना अघि सारेका छन् ।

वडाका दमदमे, कुदविड् लगायतका क्षेत्रमा घरदैलो कार्यक्रममा मतदाता एमाले उमेद्वार देखेर उत्साही भएको निर्वाचन परिचान कमिटीका संयोजक दामबहाुर विकले जानकारी दिए ।

वडा नम्वर २३ मा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार शिवलाल पराजुली, सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फवेन्द्र कुमार गुरुङ छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।