पोखरा-१२ मा माओवादीका उम्मेदवारहरुको घरदैलो तिव्र


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित




पोखरा, २३ बैशाख

पोखरा महानगरपालिका वडा नम्बर–१२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले घरदैलो तिव्र बनाएका छन् । पोखराका विभिन्न वडामा गठबन्धन भएपनि पोखरा–१२ मा माओवादी एक्लै चुनाव लडेको छ ।

एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको माओवादीका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगिरहेका छन् । माओवादीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकतासँगै संविधान र लोकतन्त्रसमेत धरापमा परेकाले त्यसको संरक्षणका लागि माओवादी लडिरहेको बुझाउँदै उनीहरु घरदैलो गरिरहेका छन् । साथै विकास र समृद्धिका लागिपनि माओवादीको विकल्प नभएको कुरा उनीहरुले जनतालार्य बुझार्य रहेका छन् ।

घरदैलोका क्रममा जनतालेपनि साथ र समर्थन जनाएको माओवादी केन्द्रबाट पोखरा–१२ को वडा सदस्यमा उम्मेदवार बनेकी चन्द्रकुमारी पराजुलीले जानकारी दिईन् । जनताले यसअघि एमालेलगायतका दलहरुले पटक÷पटक जितेरपनि विकास र समृद्धिका लागि सिन्को नभाँचेकाले अब यसपटक माओवादीलाई भोट दिने वचन दिएको उनले बताईन् ।

पोखरा–१२ मा माओवादी केन्द्रका उम्मेदवारहरुले शुक्रबार सरस्वती टोल, सिंगापुरे टोल, थापा मार्गलगायतका क्षेत्रमा घरदैलो गरेको छ ।

पोखरा–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा गोविन्दप्रसाद घिमिरे, महिला सदस्यमा चन्द्रा पराजुली, दलित महिला सदस्यमा मीनाकुमारी कामी तथा खुल्ला दुई सदस्यमा दीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।