पोखरा ६ बैदाममा गठबन्धनको घरदैलो सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगर पािलका वडा ६ बैदाममा गठबन्धनले उम्मेदबार सहित घरदैलो आज सम्पन्न गरेको छ ।

शनिबार वडाका बगैचा, दरबार मार्ग, श्रीकृष्ण चोक, स्कुलपाटनमा , बाराहि पथ र किमबारीमा घरदैलो सहित गठबन्धनले घरदैलो कार्यक्रम ओपचारिकरुपमा समापन गरेको नेपाली काग्रेस वडा इकाई समितिका सचिब प्रकाश न्यौपाने जानकारी दिएका छन ।

घरदैलोका क्रममा वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारीले स्थानीयबासीको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । घरदैलोका क्रममा गठबन्धनका उम्मेदवारसमक्ष स्थानीयबासीले बैदामलाई पोखरा महानगर पालिकाको नमुना वडा बनाउन प्रतिबद्धता व्यक्त गर्न माग गरेका छन् ।

यस अघि गठबन्धनले वडाका नं—६का बंलादि, डिहिको पटन, बुलौदी बसन्त ब्रैठक, जरेबार, ठाडापसल,गैरिखेत, भतमारा दृष्णिमार्ग, मुलथोक, भलछोपुवा, खहरे , हलनचोक गौरीघाट, गाईघाट, अम्वट र साखा सडक भित्री मार्गहरु सहित बैदाम क्षेत्रमा रहेको एक देखी पचास नम्बरका सम्पूर्ण स्ट्रिट मार्ग लगायतका ठाउँहरुमा घरदैलो सम्पन्न गरिसकेको छ ।

पोखरा–६ बैदाममा गठबन्धनका तर्फबाट वडाध्यक्षमा जगतबहादुर पहारी उम्मेदवार छन् । यसैगरी खुलासदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यमा काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।