पोखरा, २४ वैशाख ।
पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले पोखराको सार्वजनिक स्थलहरुमा शौचालय बनाउने बताएका छन् ।
पोखरा ५ मा घरदैलो कार्यक्रममा सहभागी हुँदै आचार्यले मानिसको आधारभूत आवश्यकता भित्र पर्ने सामान्य कुरामा पनि नेकपा एमालेको नेतृत्वले ध्यान नदिएको बताए । गठबन्धनको नेतृत्वले जितेमा सार्वजनिक स्थलहरुमा शौचालय बनाउन पहल गर्ने र जग्गा प्राप्ति भएमा सार्वजनिक शौचालय बनाउने उनले प्रतिवद्धता जनाए ।
गएको पाँच वर्षमा नेकपा एमालेले घोषणा पत्रका प्रतिवद्धता पुरा गर्न चुकेको उनले बताए । गठबन्धनले जितेमा सुरुकै दिनदेखि घोषणा पत्रमा भएका शब्द शब्दलाई ख्याल गरेर अघि बढ्ने उनले सुनाए । महानगरमा धेरै वेरुजु भएकाले त्यसको हिसावकिताब पनि खाज्ने उनको प्रतिवद्धता छ ।
घरदैलो कार्यक्रममा गठबन्धनकी साझा उम्मेदवार कोपिला रानाभाटले घोषणापत्रमा भएका सुत्केरी भत्ता र २ वर्षसम्मका बालबालिकालाई पौष्टिक आहारलाई अक्षरस पालना गर्ने जनाईन् । गठबन्धनको प्रमुख एजेन्डा भनेकै प्रतिगामी नेकपा एमालेलाई हराउनु रहेकाले त्यसमा प्रतिवद्ध भएर लाग्न मतदाताहरुलाई उनको आग्रह थियो । उनले पोखरा ५ मा मित्रवत प्रतिस्पर्धामा जानुपर्ने धारणा राखिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ…







