पोखरा–९ का सुकुम्बासीलाई माओवादीले लालपूर्जा दिने आशा


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा, २४ बैशाख

पोखरा महानगरपालिका वडा नम्बर–९ का सुकुम्बासीले माओवादीप्रति भर गरेका छन् । वर्षौंदेखि बसेका सुकुम्बासीले माओवादी नेतृत्वमा आएपछि लालपूर्जा पाउने आशा गरेका हुन् ।

यसअघि एमाले, कांग्रेसलाई पटक÷पटक जितायौं तर उनीहरुले हामीलाई लालपूर्जा दिएनन् त्यसैले यसपटक माओवादीलाई जिताउने हो भन्दै आफूहरुलाई मत दिने प्रतिबद्धता जनाएको नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बमबहादुर कार्कीले जानकारी दिए । सुकुम्बासीहरुको भनाई उदृत गर्दै उनले भने,‘यसअघि हामीले कांग्रेस एमालेबाट पटक÷पटक धोका पायौं । अब हामीलाई माओवादीको मात्र भर छ । त्यसैले यसपटक माओवादीलाई भोट हाल्छौं ।’

सो अवसरमा माओवादी उम्मेदवारहरुले सुकुम्बासीलाई लालपूर्जा दिलाई छाड्ने वचन दिए । साथै उनीहरुले पोखरा बसपार्क निर्माणकोपनि प्रतिबद्धता जनाएका छन् ।

पोखरा–९ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा बमबहादुर कार्की, महिला सदस्यमा मीनाकुमारी गुरुङ, दलित महिला सदस्यमा सुनिता दर्जी तथा खुल्ला दुई सदस्यमा आशबहादुर विक र रामबहादुर बयलकोटी उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।