पोखरा–१२ मा माओवादी उम्मेदवारको वाचा : लालपूर्जा दिलाएरै छाड्छौं


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा, २४ बैशाख

नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले पोखरा–१२ का सुकुम्बासीलाई लालपूर्जा दिलाएरै छाड्ने वाचा गरेका छन् । पोखरा–१२ मा घरदैलो गर्दै सुकुम्बासी बस्ती पुगेका नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले उनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

सो अवसरमा स्थानियले जुन पार्टीलाई भोट दिएपनि काम नगरेकाले राजनीतिप्रति वितृष्णा जागेको बताएका थिए । साथै उनीहरुले अब त भोट हाल्ने मन मरेपनि माओवादीसँग थोरै भएपनि आशा जागेकाले यसपटक माओवादीलाई भोट हाल्ने प्रतिबद्धता जनाएको माओवादीकी उम्मेदवार चन्द्रा पराजुलीले जानकारी दिईन् ।

स्थानियले गुठी व्यवस्थापनलगायतका समस्या रहेकाले यसको समाधानका लागि पहलकदमी लिनपनि माओवादी केन्द्रका उम्मेदवारहरुलाई सुझाव दिएका थिए । माओवादी उम्मेदवारले शनिबार शान्ति मार्ग, चापापानी, शितलादेवी, थकाली समाज वरपरका क्षेत्रमा घरदैलो गरेको पराजुलीले जानकारी दिईन् ।

पोखरा–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा गोविन्दप्रसाद घिमिरे, महिला सदस्यमा चन्द्रा पराजुली, दलित महिला सदस्यमा मीनाकुमारी कामी तथा खुल्ला दुई सदस्यमा दीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।