एकपटक विश्वास गर्नूस्, गर्व गर्ने गरी काम गरेर देखाउँछु : भानुभक्त अधिकारी


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा, २४ बैशाख

पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गरेका छन् । शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका उनले पोखरा–१ लाई स्मार्ट वडा बनाउने बताएका हुन् । उनले समृद्ध वडा बनाउन माओवादी (केन्द्र) बिजयी हुनुको विकल्प नरहेको बताए ।

उम्मेदवार अधिकारीले वडाबासीले युवा नेतृत्व खोजिरहेकाले आफू बिजयी हुनेमा विश्वस्त रहेको बताए । अहिलेका जनप्रतिनिधिहरुको रबैयाको कारण जनताले दुःख पाएको बताउँदै उनले जनतालाई स्थानीय सरकार महसुस हुने गरि काम गर्ने प्रतिबद्धता जनाए । उनले वडा न.१ मा बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा, भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार, स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्ने बताए ।

वडाध्यक्षका उम्मेदवार अधिकारीले वडावासीका समस्याहरु साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा विकृति र विसंगति छाएको बताउँदै आफू निर्वाचित भएमा त्यस्ता विकृति, विसंगतिबिरुद्ध कडा कदम चाल्ने, सुशासन कायम गर्ने बताए । उनले सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्नका लागि आवश्यक कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले भने,‘एकपटक मलाई मौका दिनुहोस् । तपाईंले हामीलाई मतदान गरेर बिजय गराएकोमा गर्व गर्न लायक काम गरेर देखाउने छौं ।’ उनले आफूसहित माओवादीका अन्य उम्मेदवारहरुलाई गोलाकार धेराभित्र रहेको हसियाँ हतौडा चिन्हमा मतदान गरी आफ्नो टिमलाई विजयी गराउन आग्रह गरे ।

पोखरा–१ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा भानुभक्त अधिकारी, महिला सदस्यमा मीना कोइराला, दलित महिला सदस्यमा कल्पना दमाई तथा खुल्ला सदस्यमा रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।