गण्डकी प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले निर्वाचनमा सहभागी भइदिन प्रदेशका आम मतदातासमक्ष आग्रह गरेका छन्।
स्थानीय तह निर्वाचन २०७९, वैशाख ३० गते हुन गइरहेको निर्वाचन मिति एक दिन मात्र बाँकी रहँदा एभरेस्ट एफएम ९३ मेघाहर्जको ‘पेटबोली’ सम्बाद कार्यक्रममा बोल्दै पराजुलीले आम मतदातासमक्ष आग्रह गरेका हुन्।
निर्वाचनका लागि हुनुपर्ने संपूर्ण तयारी भइसकेको उनले जनाए।
‘प्रत्येक मतदानस्थलहरुमा मतदान अधिकृतसहितको टोली पठाइसकेका छौं। सुरक्षा कमाण्डरसहितको टोली सुरक्षा व्यवस्थामा खटिइसकेका छन्। मतदान केन्द्रमा खटिने स्वयंसेवक र स्वयंसेविकाहरु नियुक्त भइसकेका छन्,’ पराजुलीले भने।
मौसम पूर्वानूमान महाशाखाले निर्वाचन मिति वैशाख ३० गते मौसम बदली र वर्षा हुने जनाएपनि निर्वाचन आयोगले त्यसको व्यवस्थापन समेत गरेको पराजुलीले बताए।
‘वर्षाका कारण निर्वाचन कार्यक्रम नविथलियोस भन्नेतर्फ सजगता अपनाई प्रत्येक निर्वाचन अधिकृतलाई जानकारी गराइसकेको छ। निर्वाचन अधिकृतहरुबाट व्यवस्थापन भएको छ,’ उनले भने।
मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। मौन अवधिमा मतदता शिक्षाका कार्यक्रम गरेको उनले बताए। मतदान केन्द्रहरुमा मतदाता शिक्षा गरिएको उनले जनाए। आजसम्म मतदाता शिक्षा जारी रहने उनले जनाए।
यसअघि, पत्रकार महासंघ कास्कीको समन्वय र नागरिक समाजको आयोजनामा नमूना नमूना मतदान गरिसकेको उनले जनाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







