पोखराको मेयरमा गठबन्धनका धनराजको अग्रता, उपमेयरमा पनि रानाभाट अगाडी


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा महानगरपालिकामा गठबन्धन दलका साझा उम्मेद्वार धनराज आचार्यले अग्रता लिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर १ को प्रारम्भीक ५० मतगणना हुँदा नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर पदका प्रत्यासी आचार्यले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी कृष्ण थापालाई एक मतले अग्रता लिएका हुन्

प्राप्त प्रारम्भीक मतपरिणाम अनुसार आचार्यले २३ मत प्राप्त गर्दा एमालेका थापाले २२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका साझा उम्मेद्वार कोपिला रानाभाटले २२ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।