पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको २ को वडाध्यक्षमा नेपाली कांग्रेसका गणेश आचार्य प्यानल सहित निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनामा आचार्यले निकटम प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी केशकुमारी गुरुङलाई २३४ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
आचार्यले एक हजार ५७ मत प्राप्त गर्दा गुरुङले ८२३ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा माओवादीका वडाध्यक्षका उम्मेद्वार श्रीप्रसाद घलेले ६८ मत मात्रै प्राप्त गरे ।
यस्तै महिला सदस्यमा शर्मिला तामाङ ९९१, दलित महिला सदस्य शुकुमाया कामी ९४४, खुल्ला सदस्य अर्जुन गुरुङ ९७५ र इन्द्रबहादुर तामाङ ९५३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
यसअघि वडा नम्वर १ मा नेपाली कांग्रेसका इन्द्र गुरुङ नेकपा एमालेका आनुप गुरुङलाई ३८ मतान्तरले पराजित गर्दै निर्वाचित भइसकेका छन् । इन्द्रले ६२२ मत प्राप्त गर्दा आनुपले ५८४ मत प्राप्त गरेका छन् ।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी जमुना पुन ६६४, दलित महिला सदस्यमा नेपाली कांग्रेसकै श्याम माया सुनार ६७३ र खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका देबबहादुर मगर ६०५ र माओवादी केन्द्रका पूर्खबहादुर पुन ५११ निर्वाचित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको…





