इलेक्सन अपडेट : पोखरामा ८ मतले आचार्यको अग्रता


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरामा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनबाट मेयर पदका साझा उम्मेद्वार धनराज आचार्यले आफ्नो अग्रता बढाउँदै गएका छन् ।

६०० मत गणना सकिँदा आचार्यले २२६ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले २१८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयर पदका उम्मेद्वार आचार्यले एमालेका प्रत्यासी थापालाई ८ मतले ‘लिड’ गरेका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ४४ मत प्राप्त गर्दा स्वतन्त्ररुपमा अटेरी उम्मेद्वार खडकराज पौडेल ‘गनेश’ले १० मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरतर्फ नेपाली कांग्रेसका प्रत्यासी उम्मेद्वार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङलाई ५८ मतले ‘लिड’ गरेकी छन् । रानाभाटले २६८ मत प्राप्त गर्दा गुरुङले २१० मत प्राप्त गरेकी छन् ।

पोखरा महानगरपालिकाको प्रमुख पदमा ७ स्वतन्त्रसहित २३ जना र उपप्रमुखमा एक स्वतन्त्र सहित ८ जनाको उम्मेद्वारी छ । मतगणना जारी छ ।

हामी निरन्तर अपडेटमा छौं ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।