स्याङजाका ४ पालिकामा कांग्रेस, १ पालिकामा एमालेको अग्रता


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ १

स्याङजाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रतालाई कायमै राखेका छन् । गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीसँगको मतान्तर झण्डै १ हजार छ । भट्टराईले ४६४३ मत प्राप्त गरेका छन् । काँग्रेसकी उपप्रमुख पदकी उम्मेदवार हेमा न्यौपानेले ४३७३ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेकी नगर प्रमुखकी प्रत्यासी उम्मेदवार सुुर्यप्रसाद गैह्रेले ३६८२ मत पाएका छन् भने उपप्रमुख देवी थापाले ३६६८ मत प्राप्त गरेकी छन् ।

भीरकोट नगरपालिकाको काँग्रेसको प्रमुखको गोविन्द कर्माचार्यले २६३५ मत पाउँदा उपप्रमुख भगवती रेग्मीले भने २६८० मत प्राप्त गरेकी छन् । त्यसैगरी एमालेको तर्फबाट प्रमुखको उम्मेदवार विश्वनाथ अर्यालले १९०० मत पाउँदा उपप्रमुखकी सरस्वती अधिकारीले १८५४ मत प्राप्त गरेको छन् ।

वालिङ नगरपालिकामा भने नेकपा एमालेमा उम्मेदवार कृष्ण खाँणले ४०० मतसहित अगाडि छन् । काँग्रेसका उम्मेदवार एवं बर्तमान नगरप्रमुख दिलिपप्रताप खाँण भने २३१ मतसहित पछ्याईरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी कविता तिवारीले ३३१ मत पाउँदा नेकपा एमालेकी खसीसरा थापा मगरले ३०२ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी पुतली बजार नगरपालिका स्याङजाको काँग्रेसका प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी २९३० मतसहित अगाडि छन् । एमालेकी सीमाकुमारी क्षत्री २३४३ मत प्राप्त गर्दै पछ्याईरहेको अवस्था छ । काँग्रेसीकी उपप्रमुख उम्मेदवार देवी अर्याल २७९८ र एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार महेश पुरीको २६५८ मत ल्याएका छन् ।

त्यस्तै स्याङजाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका देवबहादु खाँण १६५ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजु कोईराला ११० मत प्राप्त गर्दै पछ्याईरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी इशा रानाले १६८ मतसहित अगाडि रहदाँ नेकपा एमालेकी सुष्टि मल्ल भने ९६ मत प्राप्त गरेको प्रारिम्भक नजिताले देखाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।