मादी-१ सिक्लेसमा कांग्रेसका देबीजङ्ग गुरुङ बिजयी


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




कास्कीको मादी गाउँपालिका वडा नम्बर-१ मा नेपाली कांग्रेसका देवीजंग गुरुङ बिजयी भएका छन् । उनले प्रतिष्पर्धी नेकपा एमालेका उमरबहादुर गुरुङलाई १ सय ६५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् ।

बिजयी गुरुङले ८ सय २८ मत ल्याएर बिजयी हुँदा उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका उमरबहादुर गुरुङले ६सय ६३ मत प्राप्त गरे ।

बिजयी गुरुङ अघिल्लो पटकको निर्वाचनमा झिनो अन्तरले पराजित भएका थिए । उनले यसपटक सुधार गर्दै अघिल्लो पटकको पराजयलाई बिजयमा परिणत गर्न सफल भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।