मादीमा कांग्रेसका गुरुङ अग्रता बढाउँदै


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




मादी गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता बढाएका छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उठेका उनले नेकपा एमालेका शिव गुरुङको भन्दा ५ सय ४ मतान्तर पार्दै अग्रता बढाएका हुन् ।

मादी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिदा कांग्रेसका देवीजङ्ग गुरुङले २ हजार ३ सय ४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र)ले १ हजार ८ सय मत ल्याएर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।