एभरेस्टकर्मी गुरुङ ज्योतिष भविष्यवाणी मेडियाद्वारा सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित




पोखरा । एभरेस्टकर्मी दिल गुरुङ ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि. पोखरा २ बाट सम्मानित भएका छन् ।

ज्योतिष भविष्यवाणी साप्ताहिक तथा अनलाइन मेडिया प्रा.लि.को वार्षिक सम्मानअन्र्तगत एभरेस्टकर्मी गुरुङसहित छापा तथा अनलाइनमाध्यमका विभिन्न पाँच विधामा उत्कृष्ट पत्रकारलाई आइतवार एक समारोहका बीच उक्त सम्मान अर्पण गरेको हो ।

गुरुङ रेडियो पत्रकारितातर्फबाट सम्मानित भएका हुन् । यस्तै मिडियाले अघिल्लो वर्षसम्मको प्रेसतर्फ उत्कृष्ट प्रेसका रुपमा ‘सम्पूर्ण प्रिन्टिङ्ग प्रेस’का सञ्चालक राजु थापा, वर्ष उत्कृष्ट प्रेस २०७८ बाट आदर्श अफसेट प्रिन्टर्सका सञ्चालक हरिहर खनियाँ, अनलाइन संस्करणतर्फ वेवपेज नेपालका सञ्चालक पितम सेन ठकुरी र राशिफल लेखनतर्फ असफल गौतमलाई सम्मान अर्पण गरेको छ ।

कार्यक्रमका अध्यक्षता मेडिया प्रा.लि.का संस्थापक अध्यक्ष तथा सम्पादक डा. बलराम उपाध्याय रेग्मीले छनौट भएका प्रतिभालाई जनही पाँच हजार एक सय राशिसहित सम्मान अर्पण गरे ।

कार्यक्रममा सम्मानित प्रतिभा पाँचै जनाले प्रा.लि.प्रति आभार व्यक्त गर्दै आगामी दिनमा यसको गौरव र गरिमा बढाउनका लागि थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सभाध्यक्ष रेग्मीले आफ्नो नाफाको जिन्दगी भएकाले ज्योतिष भविष्यवाणीबाट आएको कमाइ यही सञ्चार क्षेत्रमा लगाएको र बाँकी जीवन पनि यसै गरी बिताउने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।