पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकाको जारी मत गणनामा प्रमुख अध्यक्षमा नेपाली कांग्रेसका प्रत्यासी युवराज कुवरले अग्रता लिएका छन् ।
हालसम्म ६ वटा वडाको मतगणनामा उनले निकटम प्रतिश्पर्धी नेकपा एमालेका प्रत्यासी विष्णु बहादुर केसीलाई १०४ मतान्तरले लिड गरिरहेका छन् । कुँवरले हालसम्म २ हजार ७९६ मत प्राप्त गर्दा केसीले २ हजार ६९२ ले प्राप्त गरेका छन् ।
हालसम्म वडा नम्वर ६, ७, ८, ९, १० र ११ को मतगणना भएको छ भने बाँकी वडाहरुको पनि मतगणना गरिँदै छ ।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी खिमकुमारी गुरूङको अग्रता छ । गुरुङले २ हजार ८१२ मत प्राप्त गर्दा नेकपा एमालेकी चन्द्रकला अधिकारी देवकोटाले २ हजार ६८२ मत प्राप्त गरेकी छन् । कांग्रेसकी गुरुङको १३० मतान्तरको अग्रता छ ।
नेकपा एमाल चन्द्रकला अधिकारी देवकोटाको २६८२ र नेपाली कांग्रेस ( रूख चिन्ह) खिमकुमारी गुरूङको २८१२ मत रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा महानगरपालिका–१७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा आमा–छोरीको…





