दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७९ मा प्रकाशित




लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार उनले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गरेका छन् भने, उनको निकटम प्रतिद्वन्द्वी एमालेका गुरुङले दुई हजार २४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी भएका छन् । उनले दुई हजार ५६८ मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्द्वी एमालेका कृष्णमाया गुरुङले एक हजार ७७४ मत प्राप्त गर्दै पराजित हुन पुगेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।