रोल्पा । रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा ९माओवादी केन्द्र०ले विजय हासिल गरेको छ । रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन् ।
नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा माओवादीका उम्मेदवार गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गरेका छन् । १० वटा वडा रहेको नगरपालिकामा माओवादीले नौ वडा जितेको छ । नगरपालिकाको एउटा वडा भने कांग्रेसले जितेको छ ।
त्यसैगरी रोल्पाको थवाङ गाउँपालिकामा माओवादी विजय भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । उनले २१२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो ।
उपाध्यक्षमा माओवादीका शर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन् । थवाङमा कांग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।
सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा माओवादीले जितेको छ । वडा नंं १ मा हीराप्रसाद बुढामगर, वडा नं २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं ४ मा भने एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा महानगरपालिका–१७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा आमा–छोरीको…





