अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ ।
घटना आइतबार राति चाह हब जिल्लाको तखान अबाद गाउँमा एक विवाह समारोहको क्रममा भएको प्रान्तीय प्रहरी विभागका अब्दुल मुबिन साफीले सिन्ह्वालाई बताएका छन्। बिरामी हुनेहरूमा दुलहा र दुलही पनि रहेको स्रोतले उल्लेख गरेका छन् ।
प्रभावित व्यक्तिहरूलाई जिल्ला अस्पतालमा लगिएको थियो जहाँ धेरै बिरामीहरू सघन हेरचाह इकाईमा उपचारत छन्। सुदूरपश्चिम जिल्लामा खाद्य विषाक्तताको मुद्दामा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







