कास्की रुपा गाँउपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।

उनले नेपाली काँग्रेसकी गीमाया गुरुङलाई १६१२ मतले पराजित गर्दै रुपा गाँउपालिकामा दोस्रो कार्यकालको जिम्मेवारी काँधमा लिएका हुन् । ओझाले ५हजार ७ सय ४९ मत ल्याउँदै विजयी हुदाँ उनका प्रत्यासी नेपाली काँग्रेसीकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा नेकपा एमालेकै लालसुब्बा गुरुङले काँग्रेसका नारायण श्रेष्ठलाई ११ सय ९९ सय मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । गुरुङले ५ हजार ३ सय ९२ मत पाउँदा काँग्रेसका श्रेष्ठले ४ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।

रुपा गाँउपालिकामा २०७४ को निर्वाचनमा पनि ओझाले नेपाली काँग्रेसका प्रकाश खनाललाई पराजित गरेका थिए । रुपा गाँउपालिकामा ७ वटा वडा छन् ।

सात वडामा १ काँग्रेसले जित हासिल गर्दा बाँकी छ वटा वडामा भने नेकपा एमालेको प्यानलै विजयी भएको थियो । रुप गाँउपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।