पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई ५०६ मतले लिड गरेका छन् ।
सोमबार दिउँसो १२ हजार ९७ मतगणना सकिँदा उनले ४ हजार ८५८मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी थापाले ४ हजार ३५२ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाका शंकर खरालले ६४१ र स्वतन्त्ररुप उम्मेद्वार गनेश पौडेलले ३११ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फपनि गठबन्धनकै नेपाली कांग्रेसकी कोपिला रानाबभाटले अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी प्रत्यासी मञ्जुदेवी गुरुङले पछ्याई रहेकी छन् । रानाभाटले ४ हजार ९९३ मत प्राप्त गर्दा गुरुङले ४९८० प्राप्त गरेकी छन् ।
यस्तै राप्रपाकी रञ्जना सेन कांग्रेसकी रानाभाटसंग ४ हजार ४०९ र एमालेकी गुरुङसंग ४ हजार ३९६ मतले पछाडी छन् । उनले ५८४ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा महानगरपालिका–१७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा आमा–छोरीको…





