कविता घर्तीमगर , कास्की । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट खसेको मतपत्रको गणना कार्य देशैभर जारी रहेको छ । सोही अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा पनि मतगणना जारी रहेको छ ।
अहिले सम्मको नतिजा अनुसार ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटा वडामा गठबन्धनका उम्मेद्धारले जित हासिल गरेका छन् ।
वडा नं. १ मा गठबन्धनबाट कांग्रेसका चन्द्र सिंह राम्जालीले जित हासिल गरिसकेका छन् भने वडा नं. २ मा गठबन्धनबाट नेकपा माओवादीका कुविर विक, वडा ३ नं गठबन्धनबाट राजमोका रमेश विक्रम शाही, वडा नं. ४ मा गठबन्धनको तर्फबाट कांग्रेसका टिका निधि पौड्याल ,वडा नं. ५ गठबन्धनको तर्फबाट कांग्रेसका हर्कमन घर्तीमगर, वडा नं. ६ मा गठबन्धनको तर्फबाट कांग्रेसका हेम बहादुर बुढा मगर विजयी भैसकेका छन् ।
त्यसैगरि अहिले वडा नं. ७ को मतगणना जारी रहेको बताइएको छ । वडा नं. ७ मा गठबन्धनबाट कांग्रेसका दिपक कुवँर(दिपु),एमालेबाट चुरा बहादुर रानामगर,राप्रपाबाट बालाराम गुरुङ ,दुर्गा बहादुर वि क र प्रताप कुँवर स्वतन्त्रबाट उठेका छन् ।
पालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस,राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन बनेको थियो भने नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्ला एक्लै चुनाव लडेको थियो । प्रारम्भिक पछिल्लो नतिजा अनुसार पुरै पालिका नै गठबन्धनको पोल्टा पर्ने सम्भावना रहेको छ । वडा नं. ७ को मतगणना सकिए लगत्तै पालिका प्रमुख र उपप्रमुखको नतिजा सार्वजनिक हुनेछ ।
गाउँपालिका अध्यक्षका लागि ४ जना ,उपाध्यक्षका लागि ४ जनाको उम्मेद्धारी परेको छ ।
विजयी भईसकेको वडामा भने निर्वाचित टोलीले विजय उत्सव मनाईरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा महानगरपालिका–१७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा आमा–छोरीको…





