पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार धनराज आचार्यले आफ्नो अग्रतालाई कायम गरेका छन् ।
१३ हजार ६ सय ४३ मतगणना सकिँदा उनले ५ हजार ७ सय ४८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत प्राप्त गरेका छन् । आचार्यले थापासँग ६ सय ७० मतको दुरी बढाएका छन् । यस्तै राप्रपाका शंकर खरालले ६ सय ५६ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फपनि गठबन्धनकै नेपाली कांग्रेसकी कोपिला रानाबभाटले अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेकी प्रत्यासी मञ्जुदेवी गुरुङले पछ्याई रहेकी छन् ।
रानाभाटले ५ हजार ५ सय ६४ मत प्राप्त गर्दा गुरुङले ५ मत ४ सय ७४ प्राप्त गरेकी छन् । यस्तै राप्रपाकी रञ्जना सेनले ३ सय ७१ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







