म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न मतगणनामा कांग्रेसबाट अध्यक्षका प्रत्यासी भवबहादुर भण्डारीले ४ हजार ३८ मत सहित एमालेका प्रेमबहादुर कार्कीलाई पराजित गरेका हुन् । कार्कीले ३ हजार २८९ मत पाए ।
यस्तै अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका मिना विकले ९९५ मत प्राप्त गरिन् ।
उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी प्रेमकुमारी पुनले निकटम प्रतिस्पर्धी एमालेकी यामकुमारी गर्बुजालाई ११९ मतान्तरले पराजित गरिन् । पुनले ३ हजार ३६४ मत प्राप्त गर्दा गर्बुजाले ३ हजार २४५ मत प्राप्त गरिन् । यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्षका प्रत्यासी रिमबहादुर कटुवालल् १ हजार ६८३ मत प्राप्त गरे ।
८ वटा वडा रहेको रघुगंगामा ५ वटा वडामा कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नम्वर विलबहादुर फगामी, ४ मा पबिन गर्बुजा, ५ मा मनबहादुर शेरमन्जा, ६ मा मनकुमार सेरपुजा मगर र ८ मा गमान छन्त्याल निर्वाचित हुँदा वडा नम्वर २ मा नरबहादुर भण्डारी, ३ मा खिमबहादुर शाही र ७ मा थक बहादुर पाइजा एमालेबाट निर्वाचित भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





