पोखरा–४ को वडाध्यक्षमा पराजुलीसहित कांग्रेसको प्यानल बिजयी


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ ३

पोखरा महानगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार पोखरा–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका देवकृष्ण पराजुलीसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको हो ।

वडाध्यक्षमा कांग्रेसका पराजुली नेकपा एमालेका मदन मुल्मीलाई ६६ मतान्तरलेपछि पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पराजुलीले ८२० मत प्राप्त गरे भने पराजित मुल्मीले ७ सय ५४ मत प्राप्त गरे ।

त्यस्तै, दुई खुल्ला सदस्यमा प्रकाश कोइराला ९६६, र सञ्जयकुमार श्रेष्ठ ९३०, महिला सदस्यमा पार्वती श्रेष्ठ माकाजु ९५६र दलित महिला सदस्यमा विष्णुमाया परियार ९५७ मतसहित बिजयी भएका छन् ।

पराजित एमालेका दुई खुल्ला सदस्यमा अब्दुल हमिद मियाले ५०६ र सीमा कोइरालाले ६७९ तथा महिला सदस्यमा लक्ष्मीदेवी पराजुलीले ५९० र दलित महिला सदस्य कमला सिकेले ५४४ मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।