पोखरा महानगरपालिकाको जारी मत गणनामा गठबन्धनका तर्फबाट मेयर पदका धनराज आचार्यले अग्रता कायम राखेका चछन्।
एक घण्टा अगाडी प्राप्त सूचना अनुसार १८ हजार १ सय २० मत गन्दा गठबन्धनका आचार्यले प्रतिद्वन्द्वी कृष्ण थापालाई ८७१ म्तले पछि पारेका छन्।
मेयर पदका आचार्यले ७ हजार ४ १४ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिद्वन्द्वी थापाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्।
उपमेयर पदका कोपिला रानाभाटले एक सय ९५ मतको झिनो मतले अग्रता लिएकी छन्। रानाभाटले ७ हजार ६ सय ३३ मत ल्याएकी छन्। त्यस्तै, उपमेयरकै प्रतिद्वन्द्वी मञ्जु गुरुङले ७ हजार ४ ३८ मतले पछ्याइरहेकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







